सूचना टाँसेर अन्त्य गरिएकाे सुदूरपश्चिम प्रदेशसभा बैठक जेठ ११ गते बस्ने

धनगढी। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाको छैटौं अधिवेशन यही जेठ ११ गते आह्वान गरेका छन्। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम जेठ ११ गतेबाट सुरु हुने गरी प्रदेश सभाको छैटौं अधिवेशन आह्वान गरेका हुन्।

यो अधिवेशनलाई बजेट अधिवेशनको रूपमा पनि लिने गरिन्छ। प्रदेश प्रमुखले आह्वान गरे अनुसार जेठ ११ गते दिउँसो १ बजे प्रदेशसभाको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जोशीले जानकारी दिए। यसअघिल्लाे अधिवेशनकाे बैठकमा विपक्षी दलले अवरोध गर्दै आएकाले सूचना टाँस गरेर अन्त्य गरिएको थियो ।

प्रदेश सरकारले फजुल खर्च कटौती गर्नु पर्ने, सुशासन कायम गर्नु पर्ने लगायतको माग राखेर विपक्षी दलहरुले अवरोध गर्दै आएका थिए। प्रतिपक्षीको अवरोधकै कारण अघिल्लो अधिवेशन सूचना टाँस गरेर अन्त्य गरिएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.