आज ३२औं मदन-आश्रित दिवस मनाइँदै

काठमाडौँ । जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रित (मदन–आश्रित)को आज ३२औँ स्मृति दिवस, नेकपा एमालेले देशभर विविध कार्यक्रम आयोजना गरी विशेष रूपमा मनाउँदै छ ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्तले लोकतान्त्रिक परिवर्तनलाई सफल बनाएको उल्लेख गर्दै भनेका छन्–’३२ वर्ष अगाडि आजको दिन, हामीले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितलाई गुमायौँ ।

जननेता मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्तले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायो।’

मदन–आश्रितप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले भनेका छन्– ‘मदन-आश्रितको पवित्र स्मृतिमा हामी शिर निहुराउँछौ। उहाँको विचार र मार्गदर्शन सधैँ हाम्रो प्रेरणा बन्नेछ। ‘

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.