काठमाडौं । आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले बहराइनलाई ६ विकेटले पराजित गरेको छ । विहीबार भएकाे खेलमा नेपालको जितमा कप्तान इन्दु बर्मा नायक बनिन् ।
उनले आक्रामक ब्याटिङ गर्दै नेपाललाई जित दिलाइन् । उनले ७ बलमा २४ रन जोडिन् । पानी परेर ७ ओभरमा छोट्टाइएको खेलमा नेपालले जितका लागि ५६ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य नेपालले ५.४ ओभरमै पुरा गर्यो ।
नेपालका लागि कप्तान बर्माले नटआउट २४, उपकप्तान पूजा महतोले १३ र सम्झना खड्काले ५ रन बनाइन् ।