मन्त्री बनाउन रेशम चौधरी र रन्जिता बीच फेरी विवाद

धनगढी। नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेश संसदीय दलमा विवाद उत्पन्न भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनाउने विषयमा पार्टी संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रन्जिता श्रेष्ठ पक्षधरबिच विवाद देखिएको हो ।

मन्त्री बनाउनका लागि अध्यक्ष श्रेष्ठले बुधबार कैलाश चौधरीको नाम सिफारिससहित निर्देशनात्मक पत्र पठाएकी थिईन् । तर संसदीय दलले त्यसलाई कार्यान्वयन गरेन । उनकाे पत्र पश्चात सुदूरपश्चिम संसदीय दलको बैठकले दलका नेता घनश्याम चौधरीलाई मन्त्री बनाउने निर्णय गर्याे । दलका प्रमुख सचेतक इन्दिरा गिरीले बहुमतका आधारमा निर्णय गरेर कैलाश नभई घनश्यामलाई मन्त्री बनाउनका लागि नाम सिफारिस गरेको जानकारी दिइन् ।

सो बैठकमा गिरीसहित घनश्याम चौधरी, रामेश्वर चौधरी र खुशीराम डङ्गौरा गरी चार जनाको उपस्थिति रहेको थिए भने सातमध्ये दुई जना प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरी र टीका थापा काठमाडाैँ रहेकाले बैठकमा उपस्थित थिएनन् । अर्का प्रदेश सभा सदस्य कैलाश चौधरी भने बैठकमा सहभागी नभएको जनाइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.