फेरी जुट्याे जनतासँग माओवादी जागरण अभियान, डडेल्धुरामा हलचल

डडेल्धुरा । मध्यपहाडी लोकमार्ग केन्द्रित दोस्रो चरणको अभियानमा भाग लिन नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरू डडेलधुरा पुगिरहेका छन् । शीर्ष नेताहरू डडेलधुरा पुग्नेक्रमसँगै डडेल्धुरा लगायत सुदूरपश्चिमका कैलाली, बैतडी, डाेटी, अछाम जिल्लामा यतिखेर चहलपहल बढेकाे छ ।

भाेली जेठ २ गतेदेखि सुरु हुने जनतासँग माओवादी जागरण अभियानमा भाग लिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङ लगायत नेताहरू आज आउन लागेको सुदूरपश्चिम प्रदेशका इन्चार्ज गिरिराजमणि पोखरेलले जानकारी दिए ।

अभियानमा सहभागी हुन पूर्व उपराष्ट्रपति तथा उपाध्यक्ष नन्दकिशोर पुन पासाङ डडेलधुरा पुगिसकेका छन् । इन्चार्ज पोखरेलका अनुसार भाेलि शुक्रबार बिहान बैतडीको पाटनबाट अभियान सुरु गर्ने कार्यतालिका रहेको र आज  शीर्ष नेताहरू डडेल्धुरा बस्ने कार्यक्रम छ । ‘२ गते मध्य पहाडी राजमार्गमा पर्ने १० वटा स्मार्ट सिटीमध्ये बैतडीको पाटनबाट अभियानको उद्घाटन गर्ने कार्यक्रम छ ।’

अभियान १० गते पोखरामा आएर समापन हुनेछ । त्यसपछि सरकारले संसदमा पेस गर्ने बजेटमाथि छलफलमा सहभागी हुने कार्य तालिका छ । बाँकी कार्य तालिकापछि तय हुने पोखरेलले बताए । यता, डडेल्धुरामा हुने जनसंवादकाे तयारी पुरा भएकाे जिल्ला संयाेजक उमेश प्रशाद भट्टले बताए । डडेल्धुरा बसपार्कमा जनसंवाद कार्यक्रम २ गते दिउँसाे २ बजे आयाेजना हुने उनले जानकारी दिए ।

उता पाटनमा मध्यपहाडी लोकमार्ग केन्द्रित दोस्रो चरणको अभियानकाे तयारी पुरा भएकाे जिल्ला संयाेजक शंकर भण्डारीले बताए । १० वटै स्थानीय तहबाट नेता तथा कार्यकता पाटनमा आउन थाले सकेको बताइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.