भारत–पाकिस्तान युद्धले नेपालतर्फको आपूर्ति व्यवस्थामा प्रभाव पर्ला ?

भारत र पाकिस्तानबीचको युद्ध चर्किँदै गएको छ । पाकिस्तानी सेनाले शनिवार बिहान आधिकारिक रूपमै भारतविरुद्ध जवाफी कारबाही थालेको घोषणा गरेको छ । अपरेशन बुनयान मरसूस नाम दिइएको जवाफी कारबाहीका क्रममा पाकिस्तानी सेनाले भारतको उधमपुर शहरमा रहेको एयरबेस र पठानकोटको एयरफिल्डलाई निशाना बनाएको छ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले जम्मु–काश्मीर क्षेत्रमा भएको आतङ्ककारी हमलाको विरुद्धमा नेपाल सरकार र समग्र नेपाली जनता उभिएकोमा खुशी व्यक्त गर्दै आतङ्कबादका विरुद्ध समग्र विश्व एक हुनुपर्नेमा जोड दिए । भारतस्थित संवेदनशील क्षेत्रका केही विमानस्थल र सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरिएको बताउँदै छिमेकी देश नेपालतर्फको आपूर्ति व्यवस्थामा भने कुनै पनि किसिमको समस्या नआउने विश्वास दिलाएका छन् ।

उनले पेट्रोलियम पदार्थसहित कुनै पनि किसिमका वस्तुको नेपालतर्फको आपूर्ति व्यवस्था सहज हुने भएकाले ढुक्क हुन अनुरोध गर्दै विद्यमान असहज परिस्थितिलाई मध्यनजर गरी घुसपैठसहित अवाञ्छित गतिविधि हुन नदिन दुवै देशकातर्फबाट सीमा सुरक्षामा विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.