माओवादीले मध्यपहाडी मार्ग केन्द्रित अभियान बैतडीबाट सुरु गर्ने

धनगढी। नेकपा माओवादी केन्द्रले दोस्रो चरणको मध्यपहाडी मार्ग केन्द्रित अभियान सुदूरपश्चिम प्रदेशको बैतडीस्थित पाटनबाट सुरु गर्ने तयारी गरेको छ । जेठ २ गतेबाट सुदूरपश्चिमकाे बैतडीबाट सुरु भएर पूर्वको सोलुखुम्बुमा आएर टुंगिने उपमहासचिव गिरिराजमणि पोखरेलले जानकारी दिए ।

वैशाख २१ गते बसेको पदाधिकारी बैठकले अभियानलाई व्यवस्थित र भव्य बनाउन महासचिव देव गुरुङको नेतृत्वमा उपमहासचिवहरू पोखरेल र वर्षमान पुन रहेको तीन सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलले सम्बन्धित प्रदेशको समन्वयमा अभियानका खाकाको तयारी गरिरहेको पोखरेलले जानकारी दिए । ‘बजेट अधिवेशन भएकाले जेठ १० गतेसम्मको कार्यक्रम अन्तिम चरणमा पुगेको छ । समय तालिका स्थानीय समितिको सिफारिसको आधारमा हुन्छ । संसदबाट बजेट प्रस्तुत भएपछि बाँकी कार्यक्रम तय हुन्छ ।’

पुस २३ गते सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले पूर्व–पश्चिमा हुलाकी मार्ग र मध्यपहाडी मार्गमा ‘जनतासँग माओवादी’ जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । नेता पाेखरेलले भने ‘सबै खाले प्रतिगमनको भण्डाफोर गर्न यसले मद्दत गरेको छ ।’

उनले भने, ‘केन्द्रीय समिति बैठकपछि पार्टी नेतृत्व सिधै तलका कार्यकर्तासँग जोडिएको छ । अभियानले नयाँ रक्तसञ्चार पैदा भएको छ । पार्टी पुनर्गठनमा अभियानले मद्दत गरेको छ ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.