आफ्नै भाउजुमाथि जबरजस्ती करणी गर्न खोज्ने देवर पक्राउ

धनगढी । कैलालीमा आफ्नै भाउजुमाथि जबरजस्तीकरणी गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन् । घोडाघोडी नगरपालिमा २७ वर्षीया भाउजुमाथि जबरजस्तीकरणी गर्न खोजेको आरोपमा २२ वर्षमा देवरलाई पक्राउ परेका हुन ।

युवकले घरमै ढोका थुनेर भाउजुमाथि बलात्कार प्रयास गरेको उजुरीका आधारमा देवरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय सुखडको टोलीले पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.