असार १५ गतेभित्र विधेयक पारित गर्ने भनेपछि शिक्षककाे आन्दाेलन स्थगित

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने सहमति भएको छ। सिंहदरवारमा भएको छलफलमा सरकार र शिक्षकबीच उक्त सहमति भएको छ।

‘संसदीय उपसमितिले विधेयक उपर दफाबार छलफल गरी निरन्तर काम गरिरहेको अवस्था छ। यसै सन्दर्भमा नेपाल शिक्षक महासंघसँग भएका सहमति/समझदारीलाई ध्यानमा राख्दै यो विधेयकलाई चालू अधिवेशनको असार १५ गतेभित्र प्रतिनिधिसभाबाट पारित गराउन आ-आफ्नो तहबाट सम्पूर्ण प्रयास गर्न हामी प्रतिवद्ध रहेका छौं,’ सहमति पत्रमा भनिएको छ।

त्यस्तै आन्दोलन फिर्ता लिएर सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई आ-आफ्नो विद्यालयको नियमित शैक्षिक गतिविधिमा फर्कन आह्वान गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.