टीकापुर, कैलाली । नेकपा (माओवादी केन्द्र)ले थालेकाे तराई–मधेश हुलाकी राजमार्ग जागरण अभियानका क्रममा टीकापुर नगर समितिद्वारा टीकापुर–९, झुङ्गामा आयोजित खबरदारी सभामा विभिन्न राजनीतिक दल परित्याग गरी दर्जनाैं नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।
साेमवार उक्त सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) टीकापुर नगर अध्यक्ष प्रकाश अधिकारी, नेकपा (एमाले)बाट अर्जुन गहतराज, शुशिल गोडिया र अमर बम साथै नेपाली कांग्रेसबाट प्रकृति ढुंगाना लगायत नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेको हो। उनीहरूलाई नेकपा (माओवादी केन्द्र) पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिका र माला लगाई पार्टीमा स्वागत गरेका थिए।