शिक्षकलाई राजिनामा दिने लहर चल्याे, धमाधम स्वीकृत गरिदै

काठमाण्डाैं। गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने उद्देश्यबाट आन्दाेलित शिक्षकलाई राजिनामा दिने लहर चलेकाे छ ।अहिलेसम्म गुल्मीमा २९ जना शिक्षकले राजीनामा दिइसकेका छन्  भने राजिनामा पनि धमाधम स्वीकृत गरिएकाे छ ।

शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका प्रमुख थानेश्वर घिमिरेका अनुसार गत साउन १ गतेदेखि हालसम्म २९ जना शिक्षकले राजीनामा दिएका हुन् । प्राथमिक तहमा २५ जना, निम्न माध्यमिक तहमा दुई जना र माध्यमिक तहमा दुई जना गरी कुल २९ जना शिक्षकको राजीनामा स्वीकृत भएको छ । पछिल्लो समयमा शिक्षण पेसामा खासै रुचि नहुनु र वैदेशिक रोजगारीको लहरले पनि राजीनामा दिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको घिमिरेले बताए ।

राजीनामा दिनेमा करिब आधाको सङ्ख्यामा वैदेशिक रोजगार जाने गरेको उनको भनाइ छ । नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले विद्यालय राजनीतिक अखडा बन्नु, शिक्षकलाई जीवन निर्वाह गर्न पनि समस्या हुनु, शिक्षण पेसामा भविष्य नदेख्नु र निजामती सेवा सरह राज्यले हेर्ने दृष्टिकोण नहुनुले पनि शिक्षण पेसाबाट राजीनामा दिने गरेको बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.