डडेल्धुराको अजयमेरुद्वारा पशु स्वास्थ्य घुम्ती शिविर सञ्चालन

डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिकाको पशु विकास शाखाले पालिकामा पशु स्वस्थ्य घुम्ती शिविर सेवा सञ्चालन गरेको छ। गाउँपालिकाले शनिबार पालिका अन्तर्गतका वडा नम्बर ३ र ४ मा पशु स्वास्थ्यसेवा घुम्ति शिविर सञ्चालन गरेको गाउँपालिका पशु विकास  शाखाले जनाएको छ।

शिविरमा बाख्रा जम्मा संख्या -९४५, गाई संख्या – ७८, गोरु संख्या-६५, भैंसी संख्या-१३२, कुकुर संख्या-६६ रहेका जनाइएको छ।

पशुहरुको उपचार सेवाहरुमा परजिवी नियन्त्रणमा-६१९, बन्ध्याकरण-४५, प्राथमिक उपचार तथा सल्लाहसुझाव-७३४, रेबिज खोप-६६, पिपिआर खोप-२१४ पशुहरुलाइ उपचार गरिएको पालिकाको पशु विकास शाखाले जनाएको छ।

शिविरको शनिबार गाउँपालिका अध्यक्ष उमेश प्रसाद भट्टले उदघाटन गरेका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.