धनगढी । कैलालीको गौरीगंगा नगरपालिका– ६ मा रहेको बाह्रवन साझेदारी वन व्यवस्थापन समूहको अध्यक्षमा विर बहादुर चोखाल विजयी भएका छ्न । अध्यक्षका उम्मेदवार डण्डीराज सुवेदीले ४५ र टेक बहादुर बुढाले २२ मत ल्याएको निर्वाचन अधिकृत नरेन्द्र शर्माले बताए ।
त्यस्तै उपाध्यक्षमा राज बहादुर ऐर र टेक बहादुर कुँवरको उमेदवारी परेकोमा समान २/२ मत आएको छ । चिठ्ठा मार्फत विजेता घोषणा गरिने जनाइएको छ । जनप्रतिनिधि अन्तरगत विजयराज ओझा १३ मत पाउदै विजयी भएका छन । उनका प्रतिद्वन्द्वी हरिराम चौधरीले ७ मत पाए ।
३ जना महिला सदस्य पदका लागि मतदान भएकोमा ७१ मत सहित सुशिला चौधरी, ६३ मत सहित लक्ष्मी देवी भण्डारी र ५८ मत सहित गौरी कुमारी लामा विजयी भएका छन । खुला सदस्यमा ५ पदका मतदान भएकोमा ६९ मत सहित राजेन्द्र प्रसाद जोशी, ६५ मत सहित पदमराज जोशी, ६५ मत सहित विक्रम विश्वकर्मा, ६२ मत सहित प्रकाश आर्चाय र ६१ मत सहित प्रकाश चन्द विजयी भएका छन ।
त्यसैगरि दलित सदस्यमा ७६ मत सहित प्रेमसिंह विक, मधेशी सदस्यमा ७३ मत सहित श्याम सुन्दर ठाकुर, जनजाती सदस्यमा ६९ मत सहित सुनिलाल चौधरी, आदीवासी सदस्यमा जगन्नाथ राना ५९ मत ल्याएर विजयी भएका छन ।