डोटी बुडर नजिक मिनि ट्रक दुर्घटना, चालकसहित तीनको मृत्यु

धनगढी। डोटीमा बुधवार बिहानै मिनि ट्रक दुर्घटना भएको छ। दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको हाे।

धनगढीबाट बझाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ००१ ख ३४२८ नम्बरकोे खाद्यान्न र खुद्रा सामान बोकेको मिनिट्रक भीमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका-१ गोल्डेनमा बिहान ६ बजेतिर दुर्घटनामा परेको हो।

दुर्घटनामा परी मृत्यु हुनेमा मिनिट्रक चालक बझाङको बुङ्गल नगरपालिका-२ बस्ने ३३ वर्षको अर्जुन धामी, ३४ वर्षीय उज्वल जाग्री र ४० वर्षीय जगत धामी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

मिनिट्रक अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको जनाइएको छ। तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.