कञ्चनपुरकाे बेलाैरीमा मोटरसाइकलसहित यसरी जले राना

बेलाैरी । कञ्चनपुरमा मोटरसाइकलसहित जलेको अवस्थामा एक शव फेला परेको छ । बेलौरी नगरपालिका–१०, शिवनगरस्थित घटियाघाट रोडनजिकै मंगलबार बिहान शव फेला परेको हो ।

बेल्डाँडी गाउँपालिका–३, कमरीका ५० वर्षीय हरिकिसन रानाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एवं एसपी चक्रराज जोशीले जानकारी दिए । सडकछेउको भुससँगै मोटरसाइकलसहित जलेको अवस्थामा शव फेला परेको हो । उनी भैंसी पालन गरि दूध बेच्ने काम गर्थे अहिले मृतकका परिवार र प्रहरीघटना स्थलमा छन्।

तोरी चुटेको भुसमा आगोले बलिरहेको मोटरसाइकल र नजिकै जलेको अवस्थामा शव भेटिएकोले परिवारजनले उनको हत्या गरिएको दाबी गरेका छन् । जलेको शवसँगै उनको मोबाइल, पर्स र बेल्ट थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.