काठमाडौं । आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत आज नेपाल र अफगानिस्तानको बीचमा निर्णायक खेल बर्षाले प्रभावित भएकाे छ । खेल विहान साढे ९ बजेदेखि हुने तय भएपनि वर्षाले प्रभावित भएर अहिलेसम्म टस हुन सकेकाे छैन् ।
भक्तपुरकाे मुलपानीलगायत काठमाडौं उपत्यकाका अधिकांश स्थानमा शनिबार विहानैदेखि पानी परेको थियो । त्यसकारण मैदान भिजेकाले टस र खेल समयमा सुरु नसकेकाे हो । अहिले वर्षा रोकिएको र मैदानलाई ढाकिएको पाल निकालिँदैछ ।
नेटरनरेटका कारण अफगानिस्तान भन्दा पछि रहेको नेपाललाई आज जित्नै पर्ने दबाब । यस खेल जित्ने टोली आगामी वर्ष जिम्बाबे र नामिबियामा हुने आईसीसी यू-१९ क्रिकेट विश्वकपमा छनोट हुनेछन् । यसअघिका तीन खेलमा दुवै टोली अपराजित छन् ।