काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकका अपेक्षा पूरा गर्ने गरी सरकारले गति लिन नसकेको बताएका छन्।
आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई ठुला राजनीतिक दलहरू मिलेर सरकार बनाएपछि संविधानमा बदलाव ल्याउनेदेखि विकास निर्माणका कामलाई तीव्रता दिने अपेक्षा गरेपनि त्यसअनुसार काम हुन नसकेको जिकिर गरेका हुन् ।
सरकारी काम कारबाहीमा सुधार, सुशासन प्रवर्द्धन लगायतका विषयहरूमा सरकारले जोड दिँदै काम गर्ने अपेक्षा गरेपनि सरकार ट्याक्टरको गतिमा अघि बढिरहेको उनले बताए । महामन्त्री थापाले सरकारले नागरिकको अपेक्षाको गतिअनुसार काम गर्न नसकेको स्वीकार गरे ।
युद्धस्तरमा काम गर्नुपर्ने कामपनि सरकारी नेतृत्व तहबाट हुन नसकेको महामन्त्री थापाकाे आरोप थियाे।