धनगढी । स्थापना कालदेखि बिधार्थिहरुकाे सर्वाङ्गिण बिकासमा कृयाशिल धनगढीमा रहेकाे एरिस्टाे स्कूलले विभिन्न सात किसिमका छात्रवृत्ति दिने भएकाे छ । २०४९ मा खुलेको एरिष्टो स्कुलले नयाँ शैक्षिक वर्षदेखि कक्षा ११ र १२ को अध्यापनसँगै विद्यार्थीहरूलाइ विभिन्न छात्रवृत्ति उपलब्ध गराउने पत्रकार सम्मेलन गरी बताएकाे हाे ।
विधालयका प्रधानाध्यापक हरि क्षेत्रीले कक्षा ११ र १२ का विद्यार्थीहरूलाई सिक्दै कमाउँदै कार्यक्रममा सहभागी गराउने योजना रहेको बताए। उनले विद्यार्थीहरूको रुचिका आधारमा पढ्दै कमाउने वातावरण सिर्जना गरिने बताए। उनले कुनै पनि विद्यालयबाट कक्षा १० उत्तीर्ण गरेको एक जना विद्यार्थीलाई सम्बन्धित विद्यालयका प्रधानाध्यापकको सिफारिसमा कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति प्रदान गरिने बताए।
कलेज छात्रवृत्ति शिर्षकमा हरेक वर्ष एक/एक जना विद्यार्थीले उक्त छात्रवृत्ति पाउनेछन्। यसैगरी, विद्यालयले राष्ट्र सेवक छात्रवृत्ति शिर्षकमा राष्ट्र सेवक प्रहरी जवानहरूको एक जना विद्यार्थीलाई हरेक वर्ष कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति दिइने विद्यालयले जनाएको छ। विद्यालयले दुर्गम छात्रवृत्ति शिर्षकमा सुदूरपश्चिमका पहाडी जिल्लामा स्थायी बसोबास रहेका गरिब तथा जेहेन्दार विद्यार्थीलाई समेत छात्रवृत्ति प्रदान गर्ने भएको छ।
कक्षा ८ देखि नै खान, बस्न, पोसाक र कापी किताबसमेत प्रदान गरिने प्रधानाध्यापक क्षेत्रीले बताए। विद्यालयले क्रियाशील पत्रकार मध्ये छनोट भएका पत्रकारका एकजना सन्तानलाई कक्षा १ देखि १२ सम्म पूर्ण छात्रवृत्ति दिने, एकल महिलाका एक जना सन्तानलाई पनि पूर्ण छात्रवृत्ति दिने जनाएको छ भने विद्यालयका शिक्षक तथा कर्मचारीका एक÷एक जना सन्तानलाई पूर्ण छात्रवृत्ति दिँदै आएको जनाएको छ।
विद्यालयले सरकारी नियमअनुसार दिनुपर्ने छात्रवृत्तिका अतिरिक्त माथि उल्लिखित छात्रवृत्ति दिइने विद्यालयले जनाएको छ। एरिष्टो स्कुलले शिक्षक कर्मचारीहरूलाई पाँच लाखको बिमा सुबिधा दिनुका साथै आगामी आर्थिक वर्षबाट शिक्षक तथा कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोष र सञ्चयकोषको व्यवस्था गरिने प्रधानाध्यापक क्षेत्रीले बताए।