धनगढीमा १३ बर्षिया बालिका जबरजस्ती करणीमा परिन्

धनगढी । धनगढीकी एक १३ वर्षीया नाबालिका जबरजस्ती करणीमा परेकी छन् । साे अभियाेगमा प्रहरीले धनगढीका एक युवालाई पक्राउ गरेकाे छ ।

उपमहानगरपालिका-२ कृष्णनगर बस्ने  २४ वर्षीय शिवम साहलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हाे । साहले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोस्ट विशालनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको बताएकाे छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.