कुलमान र हितेन्द्रदेवको रिटमा सुनुवाइ हुँदै

काठमाडौं। सर्वोच्च अदालतमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा आज सुनुवाइ हुँदैछ । मङ्गलबारदेखि सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा उक्त रिट हेर्दा हेर्दैमा राखी आजका लागि तोकिएको हो ।

घिसिङले आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरेकाले निर्णय बदर गरेर पुनस्र्थापनाको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। यसैगरी, प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट निवेदनमा पनि आजै सुनुवाइ हुने भएको छ ।

न्यायाधीशद्वारा चुडाल र पाण्डेयको संयुक्त इजलासमै शाक्यद्वारा दायर रिटमा सुनुवाइ हुन लागेको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.