डाेटीमा आफ्नै जीपबाट खसेर गाडी मालिकको मृत्यु

दिपायल । डोटीमा आफ्नै जीपबाट खसेर गाडी मालिकको मृत्यु भएको छ । दिपायलबाट आदर्श गाउपालिकातर्फ जाँदै गरेको सुपप्र०१–००१ च ४११८ नम्बरको बोलेरो जिपबाट खसेर आदर्श गाउँपालिका–२ को कुचेडाका ३४ वर्षीय ज्ञानेन्द्र बहादुर बोहराको मृत्यु भएको हो ।

दिपायल सिलगढी नगरपालिका–१ को तिखामा जीप पछाडी ढालामा बसेको अवस्थामा खसेर घाइते भएका उनको शैलेश्वरी अस्पतालमा उपचारकै क्रममा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

जीप र चालक आदर्श गाउँपालिका–३ नुवाकोट बस्ने २३ वर्षीय विराज भट्टलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.