कुलमान हटाएकाे बिराेधमा प्रतिपक्षी दलहरुले संसद तताउने

काठमाडौं । आफ्ना भातृ संगठनमार्फत सडक आन्दाेलमा रहेका प्रतिपक्षी दलहरुले कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयको विरोधमा आजदेखि संसद तताउने भएका छन् । बिहान सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरुको संयुक्त बैठकले संसदमा विरोध गर्ने निर्णय गरेको हो ।

बैठकपछि रास्वपाका नेता सन्तोष परियारले सरकारले विधि प्रक्रिया मिचेर संख्याको दम्भको आधारमा कुलमानलाई पदबाट हटाएको भन्दै सदनमा सशक्त विरोध गर्ने बताए । सरकारले कुलमान घिसिङको कार्य सम्पादन राम्रो नभएको भन्दै पदबाट हटाउने निर्णय चैत ११ गतेको मन्त्रिपरिषद बैठकबाट गरेको थियो ।

कुलमानलाई हटाएर उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.