गोदावरीमा दुई माेटरसाइकल दुर्घटना, ४ जना घाइते

धनगढी । कैलालीको गोदावरीमा छुट्टाछुट्टै दुई माेटरसाईकल दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। गोदावरी नगरपालिका–२ तेघरी आर्मी ब्यारेक नजिक सुदूरपश्चिम प्रदेश ०१–००७ प ९२८९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रीत भइ दुर्घटना भएकाे हाे ।

दुर्घटनामा परी मोटरसाइकल चालक गोदावरी नगरपालिका–२ तेघरी बस्ने मनोजबहादुर मल्ल र दार्चुलाको मालिकार्जुन गाउँपालिकाकी सुनीता बोहरा घाइते भएका इलाका प्रहरी कार्यालय मालाखेतिले जनाएको छ। घाइते दुबै जनाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको जनाइएको छ।

यस्तै, सुदूरपश्चिम प्रदेश०२००१ ज ०५४९ नम्बरको माेटरसाईकल गोदावरी नगरपालिका–५ गेटा मेडिकल कलेज नजिक विङ्गरसँग ठाेक्किदा ४० र ४५ वर्षीय २ परुष घाइते भएका प्रहरीले जनाएको छ।

घाइते दुबै जनाको धनगढीस्थित नवजिवन अस्पताल उपचार भरहेको जनाइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.