आइपीएल सुरुहुँदै, उद्घाटनमा कोलकाता र बैंगलुरु भिड्ने

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) शनिवारबाट सुरु हुँदै छ। आजवाट सुरु हुने खेलमा १० वटा टिमले प्रतिस्पर्धा गर्दैछन भने प्रतियोगिताको उद्घाटन समारोह कोलकातास्थित इडन गार्डेनमा हुनेछ।

उद्घाटन खेलमा कोलकाता नाइट राइडर्स  (केकेआर) र रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) बिच पहिलो प्रतिस्पर्धा हुनेछ । शाहरूख खानको कोलकाताले घरेलु मैदानमा आफ्नो भारी समर्थकका बिचमा विराट कोहलीको टिम आरसीबी बिचमा भब्य प्रतिस्पर्धा हुनेछ ।

यस प्रतियोगितामा जम्मा ७४ वटा खेल हुनेछन्। यस पटक आइपीएल भारतका २३ वटा राज्यका ५० वटा सहरमा आयोजना हुनेछ। यो संस्करणको आइपीएल १० हप्ता लामो हुनेछ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.