काठमाण्डाैं । एमाले पार्टी अध्यक्ष रहि पटक पटक देशकै नेतृत्व (प्रधानमन्त्री) सम्हाली रहेका केपी शर्मा ओलीलाई उनकै पार्टी स्थायी समिती सदस्य कर्ण थापाले पार्टी नेतृत्व छोड्न आग्रह गरेका छन् । कुनै बेला प्रधानमन्त्री ओलीका दाहिने हात मानिएका बाजुरा एमाले नेता थापाले एक राष्ट्रिय दैनिकमा लेख लेख्दै यस्ताे आग्रह गरेका हुन् । उनले अव एमाले नेतृत्वमा विद्या भण्डारीको अपरिहार्यता भन्दै नयाँलाई नेतृत्व दिन जाेड दिएका छन् ।
उनले भनेका छन्- हिजो नेतृत्व हस्तान्तरणको मुद्दाको नेतृत्व उहाँ (ओली)ले नै गर्नुभएको हो । पार्टीभित्र लोकतान्त्रीकरणको अभ्यासको नेतृत्व पनि उहाँले गर्नुभयो । अब उहाँ ७० वर्षभन्दा बढी भइसक्नु भयो । एउटै व्यक्तिले राल, सिंगान काडुञ्जेलसम्म पनि नेतृत्व गरिरहनु हुँदैन । नयाँ पुस्तालाई दिनुपर्छ । एमालेमाथि कुनै संकट आउन दिनु हुँदैन । सहज ढंगले ओलीले अरूलाई नेतृत्व हस्तान्तरण गर्छु भन्ने बित्तिकै साझा व्यक्ति विद्या भण्डारी हो ।
सुदूरपश्चिममा एमाले नेतृत्व सम्हाली सकेका पूर्वमन्त्री समेत रहेका नेता थापाले अहिले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय अर्थतन्त्रमा आएको गिरावट, बेरोजगारी, शैक्षिक क्षेत्रमा देखिएको विकृतिहरू सबैको अन्त्य गर्नुपर्छ र त्यसका निम्ति आवश्यक पर्ने सबै योगदान गर्न म तयार छु भनेर विद्या भण्डारीले भनेकाे तर्क छ । उनले अगाड भनेका छन् “उहाँको कुनै पनि ठाउँमा न गुट छ । न समूह छ । उहाँका लागि कोही आफ्नो छैन । पराई पनि छैन । सबैलाई साझा रूपमा हेरिरहनुभएको छ । उहाँको स्पष्ट कुरा यही नै छ ।”