Dashain Suvakamana

कैलालीका ४ क्याम्पसमा अखिल क्रान्तिकारी र ४ मा नेविसंघ विजयी

धनगढी । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तरगतका कैलालीमा ८ क्याम्पसको स्वतन्त्र युनियन (स्ववियु) नजिता सार्वजनिक भएको छ । मंगलबार सम्पन्न निर्वाचनमा ८ मध्ये ४ क्याम्पसमा काँग्रेसकाे भातृसंघ नेविसंघ र ४ क्याम्पसमा माओवादीकाे अखिल क्रान्तिकारी विजयी भएको छ ।

नेविसंघबाट फूलबारी बहुमुखी क्याम्पसमा भुवन जोशी, भजनीको मोहन्याल बहुमुखी क्याम्पसमा झंकर बुढा, जोशीपुरको रघुनाथ बहुमुखी क्याम्पसमा रञ्जित परियार र टीकापुरको बिरेन्द्र बहुमुखी क्याम्पसमा गोपाल खत्री सभापतिमा विजयी भएका छन ।

यस्तै, अखिल क्रान्तिकारीबाट लम्की बहुमुखी क्याम्पसमा तपेद्र प्याकुरेल, बुलबुले बहुमुखी क्याम्पस पहलवानपुरमा विवेक चौधरी, सुखडको राष्ट्रिय कलेजमा सुन्दर गौतम र मसुरियाको खप्तड बहुमुखी क्याम्पसमा सागर चौधरीकाे प्यानल विजयी भएका छन ।

चौमाला बहुमुखी क्याम्पसको सभापतिमा भने नेविसंघका दिलबहादुर ताम्राकार र स्वतन्त्र उम्मेदवार योगेन्द्र कुमार जोशीले १२५ बराबर ल्याएका छन्। त्यहाँ नेविसंघले पुनः मतगणना हुनुपर्ने माग गरेको छ। घोडाघोडी बहुमुखी क्याम्पस र बर्दगोरिया बहुमुखी क्याम्पसमा भने तालाबन्दीका कारण स्ववियु चुनाव हुन सकेको छैन्।

एमालेकाे भातृसंगठन अनेरास्ववियु भने शुन्यमा झरेकाे छ । उसले जिल्लामा काँहि जीत्न सकेकाे छैन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.