Dashain Suvakamana

२५ करोड नगदसहित काठमाडौंबाट दुई जना पक्राउ

काठमाडौं । २५ करोड रुपैयाँ नगदसहित दुई जनालाई काठमाण्डाैंमा पक्राउ गरेकाे छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको टोखा झोर क्षेत्रबाट उनीहरुलाई उक्त रकमसहित पक्राउ गरेको हो ।

नेपाली रुपैयाँ, अमेरिकी डलर र युरोसहित दुईजनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए । काठमाडौँको झोर महाकाल क्षेत्रबाट ना.१ ख १६५२ नम्बरको ट्रकबाट सो रकम बरामद गरिएको हाे । ट्रक चालक सहित दुईजना पक्राउ परेका छन् ।

अहिले अनुसन्धान अधिकृतहरूले रकम यकिन गर्न गन्ने काम गरिरहेका छन् । यसबारे विस्तृत विवरण पत्रकार सम्मलेन गरेर जानकारी दिने प्रहरीले जनाएको छ ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.