कैलाली-कञ्चनपुर लगायत तराईमा आज पनि होली पर्व मनाईंदै

धनगढी । हिमाली तथा पहाडी क्षेत्रमा आइतबार मनाइएको होली सुदूपश्चिमका कैलाली-कञ्चनपुर लगायत तराई–मधेश क्षेत्रमा आज मनाइँदैछ । पहाडी क्षेत्रमा फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा आज प्रतिपदाका दिन तराई–मधेसका जिल्लामा मनाउने परम्परा छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश बोेकेकोे फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ खेली मनाउने प्राचीन परम्परा छ । सामाजिक सद्भाव अभिवृद्धि, सबैमा खुसियाली सँगै विगतका वैमनस्यतालाई बिर्सेर नयाँ सम्बन्ध बनाउन होली खेल्ने गरिन्छ ।

पहाडी समुदायको बाहुल्यता रहेका सुदूरपश्चिमका तराइका जिल्लामा भने बिहिबार पनि होली खेलिएको थियो । पछिल्ला वर्षहरूमा सुदूर तराईका जिल्लामा पहाडी जिल्लाका बासिन्दाको बसोबासको बाहुल्यता बढेसँगै विगतझैं यस वर्ष पनि विगतका वर्षझैं यस वर्ष पनि होली मनाइएको छ । तराईका जिल्लाको होली अक्सर रंगको पर्वका रूपमा मात्र सीमित हुन्छ । त्यो पनि युवा पुस्ताहरूले आधुनिक गीतसंगीतका साथ रंगिएर नाच्ने गरिन्छ ।

होली पर्वका केही धार्मिक तथा सांस्कृतिक मूल्यमान्यता पनि छन् । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात होली पर्वलाई वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने पर्वका रूपमा पनि मनाउने प्रचलन कायम रहिआएको छ ।

किंवदन्तीअनुसार त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्धेश्यले ब्रम्ह्राबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रल्हादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैं भष्म भएकी तर भक्त प्रल्हादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।

त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिको प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको संस्कृतविध बताउन्छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.