Dashain Suvakamana

धनगढीमा बौद्धिक अपाङ्गता सम्बन्धि तालिम सम्पन्न

धनगढी । अपाङ्गता भएका व्यक्तिहरु भित्रपनि अतिसम्वेदनशिल मानिने बाैद्धिक अपाङ्गता भएका व्यक्तिका अभिभावकहरुलाई कैलालीकाे धनगढीमा तालिम दिइएकाे छ । सबै अभिभावकका अनुभव साँटासाँट गर्ने गरी यस्ताे किसिमकाे तालिम दिइएकाे सुदूरपश्चिममै पहिलाे पटक भएकाे आयाेजक बौद्धिक अपाङ्गता अभिभाबक संघ कैलालीका अध्यक्ष निर्मला बिष्टले जानकारी दिइन् ।

नेपाल सरकार, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग, बौद्धिक अपाङ्गताका अभिभाबक माहासंघ नेपालको समन्वय र बौद्धिक अपाङ्गता अभिभाबक संघ कैलालीकाे आयोजनामा सम्पन्न उक्त एक दिने तालिममा बाैद्धिक अपाङ्गता न्युनीकरण, हेरचहा स्याहार सुसारबारे, अपाङ्गताका प्रकार र सरकारले दिंदैआएकाे सेवा सुविधा बारे प्रशिक्षण दिइएकाे थियाे ।

दुई सत्र गरेर अपाङ्गता अभियान्ता नन्दराज भट्ट र बौद्धिक अपाङ्गता अभिभावक महासंघ केन्द्रीय सदस्य निर्मला बिष्टले सहजिकरण गरेकाे उक्त तालिममा कैलाली कञ्चनपुरका दुई दर्जनबढी बौद्धिक अपाङ्गता भएका व्यक्त र उनका अभिभावककाे सहभागिता रहेकाे थियाे।May be an image of 9 people, people studying and table

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.