धनगढी। सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित भएको छ । मंगलबार बसेको प्रदेश सभा बैठकमा बैठकमा उपस्थित प्रतिपक्षिदल नेकपा माओवादी केन्द्र, नेकपा(एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र सांसदहरु उभिएर बिरोध गरेपछि बैठक अर्को सुचना जारी नभएस सम्मका लागि स्थगीत भएको हो ।
प्रदेश सरकारले नीति तथा योजना आयोग र सल्लाहकारमा आफ्ना कार्यकर्तालाई भर्ती गरेर सरकारलाई भार पारेको भन्दै विपक्षी दलले आपत्ति जनाएका हुन् । विपक्षी दलका तर्फबाट बोल्दै एकीकृत समाजवादीका प्रदेश सभा नरेशकुमार शाहीले नीति तथा योजना आयोग र सल्लाहकार भन्दै गरिएका नियुक्ति खारेज हुनुपर्ने बताए ।
विपक्षी दलको आपत्ति र विरोधपछि सभामुख भीम भण्डारीले सम्पुर्ण कार्यसुचि बैठकबाट हटाएर बैठक स्थगित भएकाे जानकारी दिए ।