च्याम्पियन्स ट्रफीको सेमिफाईनलमा भारत र अस्ट्रेलिया भिड्दै

भारत र अस्ट्रेलियाबीच च्याम्पियन्स ट्रफीको सेमिफाइनल खेल दुबईमा आज अपराह्न हुँदैछ । नेपाली समय अनुसार २ बजेर ४५ मिनेटमा सो खेल सुरु हुनेछ । दुबईको टर्निङ पिचमा भारतलाई बलियो दाबेदार मानिएको छ ।

पाकिस्तानमा खेल्न नजाने निर्णय भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले गरेपछि आइसिसीले हाइब्रिड मोडलमा प्रतियोगिताको तयारी गरेको छ । लाहोर र कराँचीको बाउन्स पिचमा कुनै पनि खेल खेल्न नपरेपछि दक्षिण अफ्रिका, न्युजिल्यान्ड र अस्ट्रेलियाको सामु भारतलाई लाभ मिलेको छ ।

न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीच दोस्रो सेमिफाइनल पाकिस्तानमा बुधबार हुनेछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.