आज पनि मिलेन माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद

धनगढी । आजकाे छलफलबाट पनि नेकपा(माओवादी केन्द्र) सुदूरपश्चिम संसदीय दलको विवाद समाधान भएन् । लामाे समयदेखि विवाद मिलाउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रचण्डले संसदीय दललाई बुधबार निजी निवास खुमलटार बोलाएर छलफल गरेपनि सहमति नभएकाे हाे। 

झापाबाट सुरु गरेको हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानको बिचमा विवाद मिलाउन प्रचण्ड काठमाडौँ आएका थिए । तर दुवै पक्षबिच चर्काचर्की भएपछि बैठक छलफल बिना निष्कर्ष टुंगिएको सहभागी एक सांसदले जानकारी दिए । ती सांसदका अनुसार भट्ट पक्षधरले पटकपटक केन्द्रको निर्देशन संसदीय दलका नेता मानबहादुर धामीले उल्लघंन गरेकाले विवाद केन्द्रले नै मिलाउनुपर्ने अडान राखेका थिए ।

धामी पक्षका सांसदहरूले प्रक्रियाबाट संसदीय दलको नेता चुनिएकाले प्रक्रियाबाट नै हटाउन चुनौती दिएका थिए । अध्यक्ष प्रचण्ड र इन्चार्ज गिरिराजमणिजीको रोहबरमा संसदीय दलको नेता सहमतिमै परिवर्तन गर्ने विषयमा दुवै पक्षबिच चर्को विवाद भयो । केन्द्रको निर्णय आफूलाई मान्य नभएको अडान लिदै दलका नेता मानबहादुर धामीले आफू प्रक्रियाबाट नै दलको नेता चुनिएकाले प्रक्रियाबाट हटाउन चुनौती दिए ।

तर, खगराज पक्षधरले केन्द्रको निर्देशन संसदीय दलले मान्नुपर्ने र यही सहमति गर्नुपर्ने अडान लिएका थिए । दुवै पक्षले आ–आफ्ना अडान नछाडेपछि अध्यक्षले विवाद प्रदेशमै गएर मिलाउन भनेकाे ती नेताले बताए । २०८० माघ १२ गते बसेको माओवादी संसदीय दलको बैठकले खगराज भट्टलाई हटाएर धामीलाई दलको नेता बनाएको थियो । त्यसयता विवाद चर्किँदै गएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.