बाैद्धिक अपाङ्गता अभिभावक संघकाे अध्यक्षमा पुन: निर्मला

धनगढी । कैलालीमा रहेका बाैद्धिक अपाङ्गता भएका व्यक्तिहरुकाे अभिभावककाे भेलाले धनगढीका निर्मला बिष्टलाई अध्यक्षमा चयन गरेकाे छ । बाैद्धिक अपाङ्गता अभिभावक संघ कैलालीकाे साेमबार भएकाे तेस्राे बार्षिक सधारणसभा तथा प्रथम अधिवेशनले निर्मलालाई दाेस्राे कार्यकालकालागि अध्यक्षमा चयन गरेकाे हाे । 

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बाेराडाँडी बस्ने निर्मला बिष्ट यसअघि पनि साे संस्थाकाे अध्यक्ष नै थिए । यस्तै उपाध्यक्षमा गजेन्द्र धामी, सचिवमा अर्जुन बिष्ट, सहसचिवमा रामबहादुर बाेहरा र काेषाध्यक्षमा जानकी देवी चन्द निर्वाचित भएका छन् । सात सदस्यीय कार्यसमिति सदस्यमा जानकी जाेशी र आशा नेपाली रहेका छन् । 

बाैद्धिक अपाङ्गता भएका अभिभावक महासंघका केन्द्रीय अध्यक्ष राजु बस्नेतकाे प्रमुख आतिथ्यमा भएकाे सम्मेलनकाे उद्घाटन समाराेहमा धनगढी उपमहानगरपालिका ३ नम्बर वडाका अध्यक्ष राजबहादुर ऐरले अपाङ्गता भएका ब्यक्तिसँगै बेसहाराहरुकाे स्थानीय सरकार अभिभावक भएकाले सक्दाे सहयाेग गरिरहने प्रतिबद्धता गरे ।

सीपमुलक तालिमकाे रुपमा एकै मान्छेले धेरै वटा तालिम लिने तर, उदेश्य अनुरुप कुनै ब्यवसाय नगर्ने प्रबृति समाजमा बढ्दाे रहेकाले बजेट खेर गएकाे भन्दै उनले यसमा सचेत रहन आग्रह समेत गरे । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेश सचिब नरदीप धामी लगायत स‌घसंस्थाका  पदाधिकारी तथा प्रतिनिधिहरुले सम्मेलन सफलताकाे कामना गरेका थिए ।May be an image of 12 people and text that says 'SORAI .) PV LTD HOTEL oIQ и बोदिक अपाडता अभिभा 5 संघ छ.उ.म.न.पा.- कलाली ो वार्षिक साधारण स रतथा पाहिलो अधिवेशत मिति: ၁၀၄၇ कालान स्थान: होटल सोराई्ट, विश्ालनपेर विशालनपर 仕焼 Ksn'

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.