धनगढी । प्रगतिशील लेखक संघ कैलालीको अध्यक्षामा लेखक तथा साहित्यकार दीर्घराज अधिकारी निर्वाचित भएका छन् । शनिबार धनगढीमा संघको छैठौं जिल्ला सम्मेलनले अधिकारीको नेतृत्वमा १५ सदस्यीय जिल्ला कमिटी समेत गठन गरेकाे हाे ।
यस्तै उपाध्यक्षमा वसन्ती साउद, सचिवमा खेमराज बडु, सहसचिव मिना बुढा, काेषाध्यक्ष दशरथ धामी, गणेश रेग्मी निर्बिराेध चयन भएका छन् । सदस्यहरू अम्बिका भण्डारी , काेपिला अवस्थी, टंक अवस्थी, लक्ष्मी जाेशी, उर्मिला न्याैपाने, हिमांशी शाह, सरस्वती वड, करण बिक र प्रकाश खत्री गरी १५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ ।
निर्वाचित कमिटीलाई सम्मेलनका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका संस्थापक मुख्यमन्त्री त्रिलाेचन भट्टले प्रमाण पत्र बितरण गरि बधाई तथा शुभकामना व्यक्त गरेका थिए भने अध्यक्ष मण्डलका अध्यक्ष बावुराम आचार्यले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गाेपनियताकाे सफथ ग्रहण गराएकाे थिए । सम्मेलनले ओमप्रकाश पुन, जयदेव जाेशी, जगत जाेशी, दिपक सिंह र फाल्गुना दाहाल रहेको सल्लाहकार समिति पनि गठन गरेको छ ।
यसअघि नेकपा (माओवादी केन्द्र) प्रदेश कार्यलयकाे सभाहलमा संघका जिल्ला संयाेजक ओम प्रकाश पुनको अध्यक्षतामा भएकाे सम्मेलन जिल्ला सचिव तेजराज कापडी (रियल एनालाइसिस)ले सञ्चालन गरेका थिए । जिल्ला सदस्य काेपिला अवस्थिकाे स्वागत मन्तव्यसँगै प्रलेसका केन्द्रीय सदस्य तिलकबहादुर सिंह, नेकपा ( माओवादी केन्द्र ) का केन्द्रीय सदस्य तथा संघका पुर्व केन्द्रीय सचिवालय सदस्य लक्षिराम आचार्य, पुर्व केन्द्रीय सचिव बाबुराम आचार्य, माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष एवं पुर्चाैडी नगरपालिकाका पुर्व मेयर रणबहादुर कुवर, सुदूरपश्चिम साहित्य समाजका महासचिव गणेश नेपाली, राष्ट्रिय जनमाेर्चाका कैलाली अध्यक्ष जगत जाेशीले शुभकामना मनतव्य दिएका थिए ।
यस्तै साहित्यकार जयदेव जाेशी दार्चुले, नेकपा (माओवादी केन्द्र ) सुदूरपश्चिम प्रदेश कार्यालय सचिव उद्धव भट्टराई, ट्रेड युनियन महासंघका सुप अध्यक्ष एच पि न्युपाने, संघकी सुदुरपश्चिम उपाध्यक्ष काेपिला शर्मा, सचिव सृजन श्री, एरिष्टाे बाेडिङ स्कुलकी म्यानेजर डाइरेक्टर शान्ति अधिकारी, साहित्यकार गणेश रेग्मी, फाल्गुना दाहाल, दिपक सिंह लगायतले शुभकामना मन्तव्य राखेका थिए भने स्रष्टाहरु प्रकाश खत्री , रबिन्द्र राेकाय, किशन बाेहरा, हिमांशी शाह लगाएतले आआफ्ना रचना बाचन गरेका थिए ।
उद्घाटन शेसन पछिको बन्द सत्रमा बाबुराम आचार्य , सृजन श्री र फाल्गुना दाहाल सहितको अध्यक्षमण्डल गठन पश्चात् कमिटी गठन गरी सम्मेलन सम्पन्न भएको थियाे ।