प्रदेश नीति तथा योजना आयोगको सदस्यमा सुनार र कुँवर नियुक्त

धनगढी । सुदूरपश्चिमको प्रदेश नीति तथा योजना आयोगमा दुई सदस्य थप भएका छन्। उपाध्यक्ष र दुई सदस्यको नियुक्ति भएको डेढ महिनापछि प्रदेश मन्त्रिपरिषद्ले शुक्रवार थप दुई सदस्य नियुक्त गरेको हो।

नयाँ सदस्यमा नेपाली काँग्रेस कैलालीका सचिव नृपबहादुर सुनार र एमाले सुदूरपश्चिमको सचिवालय सदस्य कर्णबहादुर कुँवर रहेका छन्। सुनार कैलालीको धनगढीका बासिन्दा हुन् भने कुँवर बैतडीको पुर्चौडीका बासिन्दा हुन्।

प्रदेश सरकारले यसअघि डाक्टर जीवन रानालाई उपाध्यक्ष नियुक्त गरेको थियो। कैलालीको धनगढीकी राना नेपाली काँग्रेसकी केन्द्रीय सदस्य हुन्। सरकारले रानासँगै डाक्टर हिरा चन्द र शेरबहादुर भण्डारीलाई सदस्यमा नियुक्त गरेको थियो। भण्डारी काँग्रेसको डडेल्धुरा जिल्ला कार्यसमितिका सचिव हुन् भने चन्द एमाले कञ्चनपुरका नेता हुन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.