माओवादीले त्रिलाेचन भट्टलाई बनायाे सेती महाकालीकाे कमाण्डर

धनगढी । आफ्नै वर्ग र समुदायतिर फर्कने निर्णय गरेर माओवादी केन्द्रले पुन: जातीय तथा क्षेत्रिय माेर्चालाई सक्रिय बनाएकाे छ । जसअनुसार पार्टी महासचिव देव गुरुङलाई पहिचानसँग सम्बन्धित संगठन समन्वय संयोजक जिम्मा दिएको छ।

आइतबार पार्टीका तल्लो तहमा पठाइएको परिपत्र अनुसार, उपमहासचिव मातृकाप्रसाद यादवलाई मधेसी राष्ट्रिय मुक्ति मोर्चाको इन्चार्ज बनाएको उल्लेख छ। पूर्वउपसभामुख ओनसरी घर्तीलाई जनजाति महासंघ इन्चार्ज बनाएको छ। यस्तै, हकिकुल्लाहा खाँ मुसलमानलाई मुस्लिम मुक्ति मोर्चा नेपालको इन्चार्ज बनाएको माओवादीले परशुराम रम्तेललाई दलित राष्ट्रिय मुक्ति मोर्चाको इन्चार्ज बनाएको छ।

नरेश भण्डारीलाई कर्णाली राष्ट्रिय मुक्ति मोर्चा इन्चार्ज बनाएको छभने सुदूरपश्चिम प्रदेशका प्रथम मुख्यमन्त्री समेत भैइसकेका त्रिलोचन भट्टलाई सेती महाकाली मुक्ति मोर्चा इन्चार्ज बनाएको छ।

यसअघि माओवादीले जनयुद्धका क्रममा भौगोलिक र जातीय मोर्चा बनाएको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.