महायज्ञमा शनिबार २१ लाख १८ हजार रूपैयाँ दान संकलन

धनगढी । मानवसेवा आश्रमले सदूरपश्चिम कैलालीकाे धनगढीमा आयाेजना गरेकाे श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञमा शनिबार २१ लाख १८ हजार रूपैयाँ बराबर दान संकलन संकलन भएकाे छ । धनगढी शाखाको भवन निर्माण गर्ने उद्देश्यले माघ २३ गतेदेखि पशुपति टोलमा सुरू भएकाे महायज्ञमा व्यक्तिगत तथा संस्थागत रूपमा दान गर्नेहरूकाे उत्साहजनक सहभागिता रहेकाे छ ।

त्यस्तै शनिबार महायज्ञमा बेलौरी नगरपालिका-४ कञ्चनपुर निवासी पदमा शाही बिष्टद्वारा स्वर्गीय श्रीमान अमिर बिष्टकाे स्मृतिमा धनगढीमा शाखाकाे एक कोठा  निमार्णका लागि  ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ याेगदान भएकाे छ । धनगढी-१६, कैलाली निवासी नन्दलाल जैसीले वृद्धभत्ताकाे रकम कटाएर १ लाख १० हजार रूपैयाँ  महायज्ञमा दान गर्नुभएकाे हाे । त्यस्तै कैलालीकाे चुरे गाउँपालिकाले भवनकाे एक काेठा निर्माणकाे लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ दिने प्रतिवद्धता गरेकाे छ । 

धनगढी उपमाहनगरपालिका-४ कैलाली निवासी हरिबहादुर कार्की र शुशिला कार्कीले स्वर्गीय बुवा रत्नबहादुर कार्की र आमा सरस्वती कार्कीको स्मृतिमा भवन निर्माण सेवाका लागि ५५ हजार ४ सय २२ रूपैयाँ दान गर्नुभएकाे छ । गोदावरी-१, कैलाली निवासी  भानुभक्त जोशीले स्वर्गीय पितृहरुको स्मृतिमा ५५ हजार ५ सय ५५ रूपैयाँ, धनगढी-३ कैलाली निवासी भोजनराज पाठक र पुनीदेवी पाठकले  ५१ हजार २१ रूपैयाँ याेगदान गर्नुभएकाे हाे ।

धनगढी-५, निवासी श्यामराज श्रेष्ठ र बिमला श्रेष्ठले पितृहरुको स्मृतिमा  २५ हजार ५ सय ५५ रूपैयाँ,मायादेवी शर्माले १५  हजार ५ सय ५ रूपैयाँ,धनगढी -४, कैलाली निवासी बलदेवप्रसाद भट्ट र कलावती भट्टले २१ हजार १ सय ११ रूपैयाँ, धनगढी-८, कैलाली निवासी लक्ष्मीदेवी सिंहले १५  हजार ५१ रूपैयाँ दान गरेर सहयोग गर्नुभएको छ ।

धनगढी -२, निवासी शान्ति जोशीले पितृहरुको स्मृतिमा १५ हजार ५ सय ५ पाँच रुपैयाँ, लम्किचुहा-५, कैलाली जानकीदेवी बिष्टले १० हजार १ सय  ५५ रूपैयाँ, गोदावरी-१, कैलाली निवासी प्रतापसिंह महराले स्वर्गीय बुवा लालसिंह महराकाे स्मृतिमा  १० हजार १ सय २५ रूपैयाँ, धनगढी-१, लक्ष्मीनगर निवासी दुर्गाबहादुर कार्कीले भवन निर्माण सहयोगार्थको  १५ हजार १ सय ५५ रूपैयाँ दान गर्नुभएकाे हाे भने भवन निर्माण सहयोगार्थ शिवपुरी धाम नारी जागरणको अध्यक्ष एवम् नेशनल लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडको मूख्य व्यवसाय प्रवन्धक गीता मल्लले १५ हजार १ सय ५५ रूपैयाँ याेगदान गर्नुभएकाे छ ।

धनगढी-१५ कैलाली निवासी दलबहादुर रोकायाले १२ हजार ३ सय रूपैयाँ, धनगढी-६ कैलाली निवासी केशवदत्त जोशीले स्वर्गीय बुवा चन्द्रदत्त जोशीको स्मृतिमा भवन निर्माणका लागि १५ हजार ५० रूपैयाँ, धनगढी-७ कैलाली निवासी यमकला कुँवरले  ५ हजार  १ सय १० रूपैयाँ, धनगढी-३, निवासी शिवप्रसाद पौडेलले १५ हजार १ सय ६५ रूपैयाँ, भवन निर्माणका लागि  उद्धव सिंह सेठी र महेश्वरीदेवी सेठीले ५ हजार ५ सय ५५ रूपैयाँ,  भिमदत्त बिनाडी उपाध्यायले ५ हजार ५ सय ५  रूपैयाँ, गणेशप्रसाद अधिकारी ५ हजार ५ सय ५५ रूपैयाँ, नारायणी जोशीले ५ हजार १५ रूपैयाँ याेगदान भएकाे छ ।

गोदावरी-१४, कैलाली निवासी शान्ति बिष्टले पितृहरुको स्मृतिमा ५ हजार ५ रूपैयाँ, रणबहादुर शाहीले ५ हजार ५५ रूपैयाँ दान गर्नुभएकाे हाे । त्यस्तै  सन्त परमानन्द  (कृष्ण मन्दिर) द्वारा ५ हजार १ सय रूपैयाँ, गोदावरी नगरपालिका-५, कैलालीस्थित स्वाभिमानी समूहद्वारा भवन निर्माण सहयोगार्थ ५ हजार १ सय २५ रूपैयाँ याेगदान भएकाे छ ।

मानवसेवा आश्रमले सुदूरपश्चिम प्रदेश, कैलाली, धनगढी शाखाकाे २०७५ साल मंसिर १  गते धनगढी -५ तारानगरमा घर भाडामा लिई सेवा शुभारम्भ गरेकाे हो । शाखाले हालसम्म ३ सय ८८ जना भन्दा बढी बेसहारा, असहाय,अभिभावकविहीन, जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडकमानवहरुको सुदूरपश्चिम प्रदेश भित्रका विभिन्न जिल्लाहरूबाट समेत उद्धार गरी सेवा प्रदान गरिसकेको छ । माघ २३  गतेदेखि सुरू भएकाे महायज्ञ पशुपति टोलमा (सुदूरपश्चिम महोत्सव हुने) ३० गतेसम्म सञ्चालन  हुने आश्रमले जनाएकाे छ ।

महायज्ञमा शनिबार वरिष्ठ पत्रकार राजेन्द्र बाँनिया र वरिष्ठ हास्य कलाकार किरण के.सीकाेकाे सहभागिता रहेकाे थियाे भने आइतबार पनि कलाकार के.सीकाे महायज्ञमा प्रस्तुति समेत रहनेछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.