डाेटीमा खुँडाले घाँटी काटेकाे अवस्थामा पुरुषको शव फेला

सिलगडी । डोटीमा घाँटीमा खुँडा हानिएको अवस्थामा पुरुषको शव फेला परेको छ। जिल्ला समन्वय समिति, डोटीको चालकको निवासमा पुरुषको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय, डोटीले सायल गाउँपालिका–५ दैनाका ४० वर्षीय बहादुर खड्का मृत फेला परेका बताएको छ। खड्का शनिवार जिल्ला अस्पतालमा छोरीको उपचार गर्न आएका थिए। उपचारपछि आफन्त पर्ने दीपायल सिलगढी नगरपालिका–६ सिलगढीस्थित जिल्ला समन्वय समिति डोटीका सवारी चालक छत्र खड्काको क्वाटरमा उनी बास बसेका हुन्।

छत्रले मृतक खड्काले मापसे गरेर धारिलो हतियार (खुँडा) घाँटीमा प्रहार गरी आत्महत्या गरेको भन्दै आइतवार बिहान प्रहरीलाई खबर गरेका छन्। जिल्ला प्रहरी कार्यालय डोटीले घटनाको थप अनुसन्धान जारी रहेको बताएको छ। प्रहरीले उनका आफन्तहरूलाई बोलाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.