प्रदेश श्रम तथा राेजगार नीति अपाङ्गतामैत्री हुनुपर्ने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बनाउन थालेकाे ‘प्रदेश श्रम तथा राेजगार नीति’ अपाङ्गतामैत्री हुनुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जाेड दिएका छन् । शनिबार धनगढीमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिमका प्रदेश कार्यालयद्वारा आयाेजित कार्यक्रमका सहभागी सराेकारवाले यस्ताे माग गरेका हुन् ।

उनीहरुले सुदूरपश्चिममा बनेका धेरैजसाे नीति तथा कार्यक्रमले समाजमा रहेका अपाङ्गता भएका ब्यक्तिलाई सम्बाेधन गर्न छुटाएकाे गुनासाे गर्दै बन्नलागेकाे प्रदेश श्रम तथा राेजगार नीति अपाङ्गतामैत्री हुनुपर्नेमा जाेड दिएका हुन् । सामाजिक विकास मन्त्रालयले ड्राफ्ट गर्न लागेको नीतिको मस्यौदामा उनीहरुले धेरै ठाउँमा सच्याउन सुझाव दिएका छन् ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिमका प्रदेश सचिव नरदीप धामीले सञ्चालन गरेकाे उक्त छलफल कार्यक्रममा अध्यक्ष मान बहादुर साउदले नीतिको मस्यौदामाथि सहजिकरण गरेका थिए । छलफल कार्यक्रममा सहभागि सबै प्रकारका अपाङ्गता भएका ब्यक्ति तथा अभिभावक र संस्था प्रतिनिधिहरुले तीन समुहमा छलफल गरी सुझाव पेस गरेका थिए । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.