एक महिला सहित कैलालीबाट ४ जना पक्राउ

धनगढी । कैलालीबाट लागू औषध सहित ४ जना पक्राउ परेका छन् । मंगलबार कैलालीको धनगढी र लम्की चुहाबाट लागू औषध सहित ४ जना पक्राउ परेका हुन ।

धनगढी उपमहानगरपालिका– २ त्रिनगर भन्सार कार्यालय नजिकबाट गोदावरी नगरपालिका– ५ का १९ वर्षीय नवीन नेपाली समेत दुई जनालाई १३ ट्याब्लेट नाईट्राभेट र ४ क्याप्सुल स्पास नामक लागू औषध सहित पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । प्रहरीले उनले प्रयोग गरेको सुपप्र ०१०११ प ५३५१ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

यस्तै धनगढी उपमहानगरपालिका–२ त्रिनगर भन्सार कार्यालय नजिकबाट धनगढी उपमहानगरपालिका– ७ मनेहरा बस्ने २४ वर्षीय सन्दीप चौधरीलाई ८५० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।

यसै गरी लागू औषध चरेस विक्री वितरण भइरहेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले लम्की चुहा नगरपालिका – १० चुहाबाट  ५० वर्षीय कमला रावतलाई पक्राउ गरेको छ । उनले सञ्चालन गरेको पसलमा खानतलासी गर्दा ७०० ग्राम लागू औषध चरेस जस्तो देखिने कालो पदार्थ इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.