
काठमाडौं । खो खो विश्वकपको उपाधिका लागि नेपाली महिला र पुरूष टोलीले भारतसँग खेल्दैछन् । भारतमा भइरहेको पहिलो खो खो विश्वकपमा नेपालको पुरूष र महिला दुवै टोली फाइनल पुगेको छन् ।
आज पुरूष र महिला दुवै टोलीको फाइनल खेल हुँदैछ र दुवैतर्फ नेपालले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । महिलातर्फको फाइनल बेलुका ७ बजे सुरु हुनेछ भने पुरुषतर्फको फाइनल त्यसलगत्तै राति ८:१५ बजे सुरु हुनेछ ।
दुवै खेल नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा हुनेछ र खेलकाे लाईभ देखाउन हामी काेसिस गर्नेछाै । हाम्रो facebook page सुदूर आवाज LIKE गर्नु होला ।
