यु १९ महिला विश्‍वकप सुरु, बंगलादेशसँग नेपाल बदला लिदैं

काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप २०२५ को दोस्रो संस्करण आज शनिबारदेखि मलेसियामा सुरू भएकाे छ । चार समूहमा विभाजित १६ टोली सम्मिलित यस विश्‍वकपमा नेपाल समूह चरणकाे पहिलो खेलमा नेपालले शनिबार नै बंगलादेशसँग खेल्दैछ ।

 नेपालको महिला टोली विश्‍वकपमा पहिलोपटक सहभागी हुँदैछ । समुह डी मा नेपालसँगै अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड छ । बिहान भएकाे उद्घाटन खेलमा अस्ट्रेलियाले स्कटल्याण्डलाई ९ विकेटले हराएकाे छभने नेपाल र बंगलादेश बीचकाे खेल अहिले केही बेरपछि दिउँसाे १२:१५ बाट सुरु हुनेछ ।

नेपालले बंगलादेशसँग गत डिसेम्बरमा मलेसियामै भएको यू-१९ एसिया कपमा खेलेको थियो । उक्त खेलमा नेपाल पराजित भएको थियो । पुजा महताेकाे कप्तानीमा रहेकाे नेपाली टीमले त्याे बदला लिने माैका रहेकाे छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.