संसद् अधिवेशन बोलाउन संयुक्त दबाब दिने प्रतिपक्षी दलको निर्णय

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले अधिवेशन नगरे विशेष अधिवेशन आह्वान गर्ने समझदारी बनेको बताएका छन् । सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकपश्चात् उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अझै पनि संसद्लाई छल्ने काम गर्ने हो भने विशेष अधिवेशन आह्वान गर्ने समझदारी बनेको बताए । 

उनले भने, ‘हिउँदे अधिवेशन छिटोभन्दा छिटो बोलाइयोस् यदि सरकारले अझै पनि यसरी नै संसद्लाई छलेर काम गर्छ भने प्रतिपक्ष दलहरूको तर्फबाट आवश्यक पर्‍यो भने अधिवेशन माग गर्ने, आह्वान गर्नेसम्मको तयारी हामीले गरिरहेका छौँ । यसमा हाम्रो समझदारी बनेको छ ।’

त्यस्तै उनले सरकारले नियमित संसद् अधिवेशन नबोलाएर अध्यादेश मार्फत स्वइच्छाकारी ढङ्गले सरकार सञ्चालन गरेको भन्दै यो प्रवृत्ति विरुद्ध ६ दलहरू एकै ठाउँमा रहेको बताए । आजको बैठकमा ६ पार्टीहरूको सहभागिता रहेको र अन्य प्रतिपक्षमा रहेका पार्टीहरूको पनि सकारात्मक समर्थन रहेको पनि उनको भनाई छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.