Dashain Suvakamana

माओवादीले बोलायो विपक्षी दलको बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विपक्षी दलहरूको संयुक्त बैठक बोलाएको छ । माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल गर्ने उनीहरूको तयारी छ ।

बैठकमा सबै विपक्षी दलहरूलाई बोलाएको माओवादी नेताहरूले जनाएका छन् । यसपछि आजै दिउँसो २ बजे समाजवादी मोर्चाको बैठक बस्ने भएको छ । सो बैठक एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ ।

आजै अपराह्न ४ बजे माओवादी पदाधिकारी बैठक पनि खुमलटारमा बस्ने भएको छ । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.