डडेल्धुरा । प्रेस सेन्टर नेपाल डडेल्धुरा शाखाको छैटौं जिल्ला सम्मेलन सम्मपन्न भएकाे छ । सम्मेलनबाट दोस्रो पटक पत्रकार भीम दाहाल अध्यक्षामा निर्वाचित भएका छन् । उनी यसअघि पनि सेन्टरकाे जिल्ला अध्यक्ष नै थिए ।
उक्त सम्मेलनले जिल्ला उपाध्यक्षमा भोज लुहार, महिला उपाध्यक्षमा जानकी धामी चयन गरेकाे छ । यस्तै, सचीवमा भक्त बहादुर बोहरा सहसचीवमा लक्ष्मी कुमारी कार्की र सुजन खत्री, कोषाध्यक्षमा अर्जुन धामी निर्वराेध निर्वाचित भएका हुन् ।
यस्तै, सदस्यमा इन्द्र वि.क, जीवन टमटा, मदन बोहरा, सरिता भण्डारी, शिद्धराज भट्ट, सुशीला खत्री, गणेश भट्ट, शारदा पन्त, निरज भण्डारी, नवीन बिष्ट रहेका छन् ।