काठमाडौँ । मंगलबार बिहान चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार भूकम्पबाट कम्तीमा ६२ जना घाइते भएका छन् ।
पिपल्स डेली अनलाइनका अनुसार बेइजिङ समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा सिजाङ अटोनोमस रिजनको डिंग्री काउन्टी केन्द्रबिन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । चाइना अर्थक्वेक नेटवर्क सेन्टरका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर गहिराइमा रहेको थियो ।
डिंग्रीको तोङलाई गाउँमा धेरै घरहरू ढलेको पिपल्स डेलीको समाचारमा उल्लेख छ । डिंग्रीका काउन्टी प्रमुखले सो क्षेत्रमा भूकम्पको ठुलो झट्का महसुस भएको जनाएका छन् ।