युवतीलाई जंगल लगेर करणी गर्ने युवक धनगढीमा पक्राउ

धनगढी । जंगलमा लगेर युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा धनगढीमा एक जना पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–१२ बस्ने १८ वर्षीया युवतीमाथि जबरजस्तीकरणी गरेको अभियोगमा गौरीगंगा नगरपालिका–६ बनबेहडाका २७ वर्षीय अशोक भनिने हरिराम चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले ती युवकले आफूलाई धनगढीको जाखोर तालको जंगलमा लगेर पटक–पटक करणी गरेको भन्दै युवतीले किटानी जाहेरी दिएकी थिइन्।

सोही आधारमा आरोपीतलाई पक्राउ गरिएको र अनुसंन्धान भैइरहेकाे डीएसपी बोहराले बताए। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.