बैतडीमा भाउजुलाई गर्भवती बनाएर देवर फरार भएपछि…

धनगढी । बैतडीमा एक महिलामाथि बलात्कार गरेको घटना छ महिनापछि बाहिरिएको छ । जिल्लाको सिगास गाउँपालिकाकी २४ वर्षीया एक महिलामाथि देवर नाता पर्नेले बलात्कार गरेको घटना बाहिर आएको हो । 

ती महिला छ महिनाकी गर्भवती भएको थाहा भएपछि मात्रै घटना बाहिरिएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार ती महिलामाथि गएको असार १७ गतेको राति बलात्कार भएको र त्यसपछि आरोपित फरार रहेका छन् । 

पीडित महिलाले केही दिन अघिमात्रै इलाका प्रहरी कार्यालय पाटनमा जाहेरी दर्ता गराएको पाण्डेयले बताए । पीडित महिलालाई अहिले पाटनस्थित महिला सुरक्षित आवास गृहको संरक्षणमा राखिएको छ । पीडित महिलाका श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेको समयमा यो घटना भएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.