Dashain Suvakamana

ओलीले मेरो ५१ वर्षिय एमाले राजनीति सक्काए : भीम रावल

काठमाडौं । नेकपा एमालेबाट निष्कासित डा. भीम रावलले पत्रकार सम्मेलन मार्फत आफ्नो ४९ वर्षको पार्टी सदस्यता खोस्ने र ५१ वार्षको राजनीति सक्काउने काम केपी शर्मा ओलीले गरेको बताएका छन् ।

mahotsab

ओलीलाई रावलले प्रश्न गर्दै माधव नेपाल र झलनाथ खनालविरुद्ध तपाई अध्यक्षतामा उठ्दा केही नहुँने म तपाई विरुद्ध उठ्दा निष्कासन हुने यो कस्तो व्यवस्था हो ? अध्यक्षको उम्मेदवार बन्न के आधार हुनुपर्ने रहेछ र मलाई कारबाही गरियो ? यो कस्तो ओलीको हुकुमत हो आम कार्यकर्ताले बुझ्नु पर्ने रावलको भनाई छ ।

“मलाई अध्यक्षमा उमेदवारी किन दिएको भनेर प्रश्न गर्नुभयो । तपाईंलाई त्यही प्रश्न गर्न चाहन्छु, तपाईंले झलनाथ खनालविरुद्ध सातौँ महाधिवेशनमा र माधवकुमार नेपालविरुद्ध किन उमेदवारी दिएको ?,” रावलले भने, “के पार्टी अध्यक्षमा निश्चित भूगोल र शिक्षाको सीमा भएकाले मात्र उमेदवारी दिने हो ?”

रावललाई गत पुस १० गते बसेको एमाले सचिवालय बैठकले पार्टीको साधारण सदस्य नरहने गरी हटाएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.