डडेल्धुराकाे घण्टेश्वरमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

डडेल्धुरा । डडेल्धुराकाे घण्टेश्वर मन्दिर नजिक ट्याक्टर दुर्घटना हुँदा चलककाे मृत्यु भएकाे छ।

आलिताल गाउँपालिका-१ घण्टेश्वर मन्दिर नजिक भिमदत्त राजमार्गमा साहुखर्कबाट गैरा तर्फ जाँदै गरेको से २ त २४३१ नम्बरको ट्याक्टर नालिमा पल्टिएर आज बिहान ३ः३० बजे दुर्घटना भएको हो।

दुर्घटना हुँदा ट्याक्टर चालक कैलालीको घोडाघोडी नगरपालिका-१० पहलवानपुर बस्ने ३० वर्षीय बिशाल चौधरीको मृत्यु भएको छ। ट्याक्टरको टायरमुनी च्यापिन गई चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.